चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ नेतृत्वका लागि सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिको लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन । संस्थापन अर्थात शेरबहादुर देउवा समूहबाट प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठले सभापतिमा उम्मेदजारी दिएका छन् ।

शेखर कोइराला समुहबाट उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे तथा स्वतन्त्र रुपमा कैलाश कोइरालाले सभापति पदमा उम्मेदवारी दिएका छन् । दुई उपसभातिका लागि १५ जना,दुई सचिवको लागि ८ जना,दुई सहसचिवको लागि १० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन नारायणगढस्थित नारायणी कलामन्दिरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागि फागुन २० गते मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस !