चितवन ।  कालिका नगरपालिका वडा नं. १० सिद्दिको तीनदोभानबाट वडा नं ११ को रन्तेस, दौतेस खिर्की हुँदै राप्ती नगरपालिका ११ को चौघडादेखि किरनटार निस्किने चेपाङ मार्गको कच्ची बाटो सडकलाई फराकिलो बनाइ कालो पत्रे गर्नका लागि आजबाट डिपिआर सुरु भएको छ । सडक बिभाग काठमाडौबाट आएको टोलिले सडक डिभिजन कार्यलय भरतपुरको सहजिकरणमा काम भैरहेको सडक डिभिजन कार्यलय भरतपुरका इन्जिनियर शिव खनालले बताउनु भयो । रास्ट्रीय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलको पहलमा सो सडक बन्न लागेको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !