काठमाडौँ ।  वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएसँगै अब यो कार्यान्वयनतर्फ अघि बढेको बताएको छ । एमसीसी मुख्यालयले विज्ञप्ति निकाल्दै एमसीसी कार्यानवयन पछि बिजुलीको भरपर्दो आपूर्ति, रोजगारी सिर्जना र पूर्वाधार विकासमा थप सहज हुने स्पष्ट पारेको हो ।

संसद‍्बाट अनुमोदन भएसँगै सम्झौता बमोजिमको काम अघि बढेको एमसीसी मुख्यालयले जनाएको छ । नेपालको उर्जा र यातायात क्षेत्रलाई थप आधुनिकीकरण बनाउन एमसीसी परियोजनाले मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपालले सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो ।

एमसीसीका कतिपय बुँदाहरु विवादास्पद भएको भन्दै सरकारले त्यसबारे व्याख्यात्मक घोषणा गरी फागुन १५ गते संसद्‍बाट अनुमोदन गरेको हो । व्याख्यात्मक घोषणाबारे एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया दिएको छैन । एमसीसी मुख्यालयले एमसीसी अब कार्यान्वयनको दिशामा गएको र त्यसले नेपालको उर्जा र पूर्वाधार निर्माणमा सहयोग पुग्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !