चितवन ।  नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको अध्यक्षमा तेजेन्द्र भुषाल निर्वाचित हुनुभएको छ । संगठनको तेह्रौं जिल्ला अधिवेशनको उद्घाटन सत्र पौष १६ गते नारायणी कला मन्दिरमा सम्पन्न भए पश्चात नेतृत्व चयनका लागि निरन्तर छलफल चलिरहेको थियो। निरन्तरको प्रयत्नका बाबजुत आज एक कार्यक्रमका बिच सर्वसम्मत नेतृत्व घोषणा गरेको छ।

समितिको महिला उपाध्यक्षमा निलिमा गोङ्गवा उपाध्यक्षमा रामजी भण्डारी सचिबमा तिलक कुँवर सह सचिवमा बिना बराल कोषाध्यक्षमा देवप्रकाश पण्डित,सह कोषाध्यक्ष दुर्गा लामिछाने सहित ३५ सदस्य जिल्ला समितिको चयन भएको हो। कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष एवम् शिक्षक महासंघ नेपालका संस्थापक अध्यक्ष बाबुराम थापा रहनुभएको थियो भनें विशिष्ट अतिथिका रुपमा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने रहनुभएको थियो।

कार्यक्रममा पूर्णबहादुर पुरी,भानुप्रसाद उपाध्याय,हरी आचार्य, सहदेव लकाान्द्री, नारायणी सापकोटा,सुर्यराज बराल,भैरव रेग्म लक्ष्मीकान्त चालिसे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक रमाकान्त सापकोटाले अाजै सपथ ग्रहण गराइएको छ। कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष दानबहादुर गुरुङले गर्नुभएको थियो भने अध्यक्ष निर्वाचन मण्डलका संयोजक रमाकान्त सापकोटा रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !