चितवन । पुर्वी चितवनको कालिका-६ खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सस्थाका संचालक, लेखा समिति तथा विभिन्न उपसमितिका सदस्य हरुलाई सहकारी संचालन सम्बन्धि तालीम दिईएको छ । शुक्रवार आयोजित सो तालिममा सस्थाका पदाधिकारी, सदस्य तथा उप समितिका सदस्य हरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रशिक्षक भुमि ब्यबस्था, सहकारी  तथा गरिब  मन्त्रालय बागमती प्रदेश हेटौंडाका सहकारी सचिब बलराम निरौलाले तालिममा प्रशिक्षण दिनुभएको थियो । सस्थाको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम सस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भुमि ब्यबस्था, सहकारी  तथा गरिब मन्त्रालय बागमती प्रदेश हेटौंडाका सहकारी सचिब बलराम निरौला, सस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक शितलकाजी श्रेष्ठ लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष दिपक लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा शिक्षा समितिका संयोजक शिशिर सिंखडाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !