रवि रोषी, चितवन । हङकङमा ह्यान्डीक्राफ्ट ब्यवशाय गर्दै आउनुभएका आकाश बन्जाराले मानवसेवा आश्रमको एम्बुलेन्स खरिदार्थ एक लाख रुपैँया प्रदान गर्नुभएको छ ।

चितवनको बेलचोकमा निर्माणाधीन आश्रमको आफ्नै भवनस्थलमा मानवसेवा आश्रमका मुख्य अभियन्ता रामजी अधिकारी मानवसेवालाई हङकङबाट प्रेषित रकम पत्रकार रवि रोषीले नगद हस्तान्तरण गर्नुभएको थियो ।

बिदेशमा रहेर पनि मानवसेवा देशका विभिन्न १९ जिल्लामा सेवा सन्चालन गर्दै आएको मानवसेवा आश्रमको अभियानमा बिरामी ओसारपसार गर्न तथा सडकपेटीमा बेवारिस अवस्थामा रहनुभएका लक्ष्मीनारायणहरुको उद्दार गर्न तथा स्वास्थ्योपचारमा लैजान ल्याउन एम्बुलेन्सको आवश्यक खट्किएको जानकारी पाउने बित्तिक्कै हङकङबाट पत्रकार रवि रोषी मार्फत प्रेषण गरी हस्तान्तरण गर्नुभएकोमा सहयोगी मनका धनी आकाश बन्जारा प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुभयो ।

यस अघि पनि समाजसेवी बन्जाराले मानवसेवा आश्रम चितवन शाखा, गोरखा शाखामा नगदराशी तथा लत्ताकपडा, चेपाङ संरक्षण केन्द्र लगायत गोरखा तथा धादिङका अति बिपन्न परिवारलाई खाधान्न सहयोग, आधा दर्जन बेसहारा बालबालिकालाई १२ कक्षा सम्म अध्ययन ब्यवस्था, २०७२ सालमा गएको बिनाशकारी दैवी प्रकोप बाट पिडित धादिङ, गोरखा, सिन्धुपाल्चोकका अति पिडित वर्गलाई खाधान्न तथा लत्ताकपडा प्रदान गर्दै आउनुभएको थियो । विश्व युवा उधमी संघ हङकङका अध्यक्ष समेत रहनुभएका बन्जाराले आफ्नो आम्दानीको केही अंश सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !