काठमाडौं ।  प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको थियो । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ । अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !