काठमाण्डाै ।  नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज आइतवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे ।

नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखाेली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्याे । उसका लागि डिलाेन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।

अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ काे उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता आयरल्यान्डले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भाेलि मङ्गलवार हुनेछ ।

यस्तै फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !