काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ ।

उहाँले आफ्ना जिल्लाका विपन्न वर्गका ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि कम्बल प्रदान गर्न आग्रह गरेपछि सो संस्थाका नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले कम्बल तथा १० हजार मास्क र सेनिटाजर हस्तान्तरण गर्नुभएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

फाउण्डेशनका तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा तीन हजार थान डोटीमा तथा बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको उक्त संस्थाले जनाएको छ । डोटीका जनताका लागि प्राप्त न्यानो कम्बल तथा स्वास्थ्य सामग्री तत्कालै जिल्लामा पठाइने मन्त्री आलेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !