काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो ।

सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ । यस्तै शेखर खनाललाई सम्पत्ति सुद्धिकरण बिभागमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !