काठमाडौं ।  प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल गर्ने\नगर्नेबारे निर्णय गर्न सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ। बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो। गत शुक्रबार सत्ता गठबन्धनबीच सहमति जुटन नसकेपछि थप गृहकार्य गर्ने भन्दै बैठक सारिएको थियो।

एमसीसी टेबल गर्ने\नगर्ने विषयमा दलहरुबीच सहमति जुटन सकेको छैन। अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ सम्मको समय दिएको छ। गठबन्धनको आजको बैठकले एमसीसी टेबल गर्नेबारे निर्णय लिने बताइएको छ। संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत शुक्रबार आजको बैठक एमसीसीबारे निर्णायक हुने बताएका बताएका थिए।

प्रतिक्रिया दिनुहोस !