शिशिर सिंखडा, चितवन ।  कालिका नगरपालिका- १० छेरेबाङ नजिकै सुन्दराङकि ३८ बर्षिया  बिष्णु माया चेपाङले गरिवीका कारण गए राती टाकीको रुखमा झुन्डिएर आत्महत्या गरेकी छन । ३ छोरी ३ छोराको आमा बिष्णुका श्रीमान मजदुरीका लागि जिल्ला बाहिर गएका थिए भने जेठी छोरी करुणा चेपाङ गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइ कक्षा ५ मा अध्ययन गरि रहेकी छन् ।   आफ्नो उब्जनीको अन्नले एक महिना पनि खान नपुग्ने उक्त परिवारमा चरम गरिबी भएपछी   आत्महत्या गरेको छेरबाङगाउँका दलबहादुर चेपाङले बताए ।  चेपाङ बस्तीमा यो बेला भोकमरी लाग्ने समय भएको र बालबच्चालाई खुवाउने कुरा नहुँदा यस अगाडी पनि चेपाङहरुले आत्महत्या गर्ने गरेको चेपाङ अभियान्ता केपी किरण शर्मा बताए । बिष्णुमायाले गरिबीका कारण आत्महत्या गरेको स्थानियले टेलिफोनमा बताएको शर्माले बताए । 

प्रतिक्रिया दिनुहोस !