चितवन । चितवनको भरतपुर १० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरुका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आज शनिबार क्याम्पसको सभाहलमा चितवन र नवलपुरका कक्षा १२ सम्म अध्यान हुने बिद्यालयका प्रधानध्यापक र शिक्षकसंग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा क्याम्पसले संचालन गरिरहेको विभिन्न शौक्षिक कार्यक्रमको महत्व र सम्भावनाका बारेमा अन्तरक्रिया गरिएको थियो।
सो कार्यक्रममा वातावरण विज्ञानको बारेमा प्रध्यापक ध्रुव आचार्य र अभ्यास शिक्षणको बारेमा उपप्रध्यापक गोबिन्द पराजुलीले जानकारी दिएका थिए ।

त्यसैगरि सप्तगण्डकी क्याम्पसले यहि शौक्षिक सत्रदेखि नयाँ शौक्षिक कार्यक्रम शिक्षा संकायमा ४ बर्ष विज्ञान (बि एड) संचालन गर्न लागेको छ ।
कर्यक्रममा बोल्दै त्रिभुवन विश्वबिद्यालयका प्रध्यापक डा कमल प्रसाद आचार्यले सप्तगण्डकी क्याम्पसमा बि एड संचालन गर्न लागिएको जानकारी दिए । नेपालमा बि एड पढाई हुने २५ ओटा मात्रै क्याम्पस रहेको उनले बताए । उनले ४२ प्रतिशत विज्ञान विषयको शिक्षकको दरबन्दी खाली रहेको बताए ।

कार्यक्रमाबोल्दै शिक्षाविद तथा क्याम्पस व्यवस्थापन समितीका उपाध्यक्ष रमाकान्त सापकोटाले अहिले विज्ञान विषय अध्यान गर्नेको संख्यामा कमि आएको बताए । अहिले देशभर १५ प्रतिशतभन्दा कम बिद्यार्थीले ११ र १२ मा बिज्ञान विषय अध्यान गरेको उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले सप्तगण्डकीमा बि एड कार्यक्रम संचालन हुने कुरा खुशिको कुरा भएको बताए । अब बि एड पढ्न अन्त धाउनु नपर्ने उनिहरुले बताएका छन । अहिले लाइशन भएका विज्ञान विषयका शिक्षकको कमि भएको र अब क्याम्पसमा यो विषयको पढाई भएपछि लाइशन भएका शिक्षक प्राप्त गर्न केहि सहज हुने सहभागीले बताए ।

क्याम्पसले अन्य निजी विद्ययालयले भन्दा सस्तोमा गुणस्तर शिक्षा दिँदा गरिब विद्यार्थीलाई उच्च शिक्षा लिन सहयोग हुने उनीहरुको विचार थियो । त्यस्तै उनीहरुले ११\१२ पछि उच्च शिक्षा तथा रोजगारीको लागि किशोर किशोरी विदेश जाने गरेकोले देशमा नै अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर्ने तर्फ सरोकारवालाहरुको ध्यान आकर्षित गराए । कोरोनाको समयमा विद्यालय आफैँले नतिजा प्रकाशन गर्दा र न्यून ग्रेड ल्याएकाले पढ्ने विषयको रुपमा शिक्षा संकायलाई हेर्दा देशमा शिक्षा पढ्ने विद्यार्थीको संख्या कम भएको उनीहरुको विचार छ । कार्यक्रममा सप्तगण्डकी क्याम्पसमा शिक्षक नियुक्ति र दैनिक पढनपाठनमा बढी राजनीति हुने गरेको भन्दै आफूहरुको विद्यालयबाट आएका विद्यार्थीले प्रतिक्रिया व्यक्त गर्ने गरेको भन्दै उनीहरुले क्याम्पस प्रशासन समक्ष जिज्ञासा राखेका थिए ।

विभिन्न सहभागीहरुको जिज्ञासा सुनिसकेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि यस्तो प्रकारको कार्यक्रम समयसमयमा राख्नुपर्ने विचार राखे । थापाले शिक्षामा राजनीति जोड्न नहुने बताउँदै यस्ता कार्यक्रमले चितवनको शिक्षा क्षेत्रमा र शिक्षा सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख मणिराज महतोले सहभागीहरुले राखेको जिज्ञासको प्रतिउत्तर दिँदै अहिले क्याम्पसमा झण्डै १०० जना प्राध्यापक तथा कर्मचारी र ३५ सय भन्दा बढी विद्यार्थीहरु रहेको जानकारी दिए । उनले विभिन्न विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रम संयोजकहरुले क्याम्पसलाई दिएको सुझावको आधारमा अगाडि बढ्ने विचार राखे । उनले भने, ‘ अहिले देशमा सबैतिर राजनीति नै छ । बेथिति छ । क्याम्पसमा पनि त्यसको प्रतिबिम्व हो । कतिपय हाम्रो तहबाट नियन्त्रण गर्न नसक्ने अवस्था छ । तर, पनि हामी सुधारकै प्रयासमा नै छौं । तपाइँहरुको सुझावलाई मनन गर्दै अघि बढ्ने छु ।’

विसं २०४५ सालमा स्थापना भएको सप्तगण्डकी क्याम्पसमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी गरी चार संकायमा अध्ययन हुँदै आएको छ । त्यस्तै स्नातक तह र स्नाकोतर तहको व्यवस्थापनमा चार सेमेस्टरको एमबीएस, चार वर्षे बीबीएस, आठ सेमेस्टरको (बीबीए र बीआईएम), शिक्षा संकायमा चार सेमेस्टरको एमएड, चार वर्षे (बीएड र विएड विज्ञान) र आठ सेमेस्टरको बीआईसीटीई पढाइ हुँदै आएको छ । मानविकी तथा सामाजिक विज्ञान संकायमा चार सेमेस्टरको एमए (आर.डी), चार वर्षे बीएमा आमसञ्चार तथा पत्रकारिता, समाजशास्त्र, ग्रामीण विकास, सामाजिक कार्य(बीएसडब्लू) विषयको पढाइ हुँदै आएको छ । विज्ञान तथा प्रविधि संकायमा विज्ञानमा चार वर्षे बीएस्सी वातावरण विज्ञान र बीएस्सी सामान्य विज्ञानको पढाई हुँदै आएको छ । मानविकी संकायमा नै आठ सेमेस्टरको बीसीए पनि सञ्चालन भइरहेको छ । क्याम्पसले स्नातक तहका नयाँ शैक्षिक विषय रुपमा यसैवर्षबाट चार वर्षे बीएस्सी जेनेरल विज्ञान (जीवशास्त्र, रसायनविज्ञान, भौतिक शास्त्र) र बीएड विज्ञान पढाउन सुरु गर्दै छ ।

क्याम्पस प्रमुख मणिराज महतोको अध्यक्षमा भएको कार्यक्रमा क्याम्पसका सहायक क्याम्पस प्रमुख खिम दाहाले स्वागत मन्तव्य राखेका थिए भने क्याम्पसका उपप्रध्यापक गिरिराज उपाध्यले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !