चितवन । सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् ।

सर्वाेच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४) लागुहुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्धाका पाँच (नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्धाका दुई (चितवन र मकवानपुरका एक/एक) जना रहेका छन् ।

त्यसैगरी, बहुविवाह मुद्धाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्धाका चितवनका एक र चोरीका मुद्धाका दुई (गोर्खा र धादिङका एक/एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

यससंगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरुष कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !