काठमाडौँ । नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिनपछि फागुन १५ गते गर्ने निर्णय गरेको छ ।

यसअघि फागुन १३ गते निर्णय भएकोमा अधिवेशन दुई दिन पछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !