काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ दलले भोली नेपाल बन्दको घोषणा गरेका छन् । संयुक्तरूपमा राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द गर्ने भएका हुन् ।

नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेपाल कम्युनिष्ट पार्टी, देजमो नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी लगायतका दलहरूले देशव्यापीरूपमा फागुन ४ गते विरोध प्रदर्शन गर्ने भएका हुन ।

अमेरिकाको दादागिरी,धम्कि र नाङ्गो हस्तक्षेपको घोर निन्दा एवम् भत्सना गर्दै ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले भोली नेपाल बन्दको घोषणा गरेको एक केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए। राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा सहभागीता जनाउन सम्पूर्णमा विशेष आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस !