काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !