काठमाडौँ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन आगामी फागुन २७ र २८ गते गर्ने निर्णय भएको छ ।

आइतबार काठमाडौँमा बसेको चौतारीको सचिवालय बैठकले नवौँ राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष एवम् महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जानकारी दिएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पाण्डेले जनाए ।

यसैगरी, बैठकले सातै प्रदेशको अधिवेशन फागुन २१ गते एकै साथ गर्ने निर्णय पनि गरेको उनले बताए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालको प्रमुख आतिथ्यतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस !