काठमाडौं ।  प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो।

प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक स्थगित हुँदै आएको छ।

आजै सत्तारूढ तीन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !