काठमाण्डाै ।  चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी–२० विश्व कप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चार देशीय श्रृङ्खला खेलेको हो ।

प्रतिक्रिया दिनुहोस !