काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

शुक्रबार पार्टीले सातै प्रदेशमा सुरु गरेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले स्थानीय निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर जित्ने सपना नदेख्न चेतावनी दिएका हुन् । उनले माओवादी केन्द्रबाट चितवनमा भएको घटनालाई संकेत गर्दै यस्तो बताएका हुन् ।

वि. सं. २०७४ मा गठबन्धनसँग लड्दा पनि एमाले नै ठूलो पार्टी भएको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो पार्टी हुने बताए ।

प्रतिक्रिया दिनुहोस !