चितवन ।  भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो ।

चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइने छ । कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो ।

यो रोगले एकै खोरमा धेरै क्षति पु¥याउने जनाइएको छ । उहाँले भन्नुभयो, “सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ ।” विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । बीस भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने उहाँले राससलाई जानकारी दिनुभयो ।

भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइने छ । यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो । यसैगरी इच्छाकामना गाउँपालिकामा तीन खोप केन्द्र तय गरिएको छ ।

सप्ताहव्यापी अभियानमा भरतपुरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार, राप्तीमा २० हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामनामा २० हजार खोप लगाउने लक्ष्य लिइएको छ । गतवर्ष जिल्लामा ७० हजार भेडाबाख्रामा खोप लगाइएको कार्यालयले जनाएको छ । खोप अभियानमा ३८ भ्याक्सिनेटेर खटिने छन् ।

गतवर्ष तीन पटक पिपिआर रोगको सङ्क्रमण फैलिँदा करिब एक हजार २०० भेडाबाख्रामा मरेका थिए । एक चोटी खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने निमित्त प्रमुख न्यौपानेको भनाइ छ ।

महामारी रोग भएकाले रोगी भेडाबाख्राको सम्पर्कमा रहने, लसपस भएको दानापानी, घाँसपात खाने, सोत्तर प्रयोग गर्ने भेडाबाख्रामा सर्ने गर्छ । ज्वरो आउने, झोक्राउने, नखाने, उग्राउन छाड्ने, आँखामा कचेरा र नाकमा बाक्लो सिगान आउने, निमोनिया हुने, मुखभित्र घाउ देखिने, बथानमा एकैपटक धेरै भेडाबाख्रा मर्ने पिपिआर रोगका लक्षण हुन् । सङ्क्रमण देखिएमा सङ्क्रमित भेडाबाख्रालाई दुई हप्ता

प्रतिक्रिया दिनुहोस !