गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ मा रहेको श्री शिव आधारभुत बिद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका वडा नं ७ स्थायी घर भई हाल अमेरिकाको क्लोराडो बस्दै आएका कुशल रेग्मीको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो ।

आज बिद्यालयमा सरस्वती पूजाको अवसरमा एक कार्यक्रम गरि कुशलका आमा भगवती रेग्मी र वडा अध्यक्ष तुलसी रेग्मीले सयुक्तरुपमा रिबन काटेर मन्दिरको उद्घाटन गरेका हुन । मन्दिरको गजुर भने कुशलका काका काकी भैरव रेग्मी र गिता रेग्मीले अनावरण गरेका छन ।
मन्दिर कुशलका बुबा टंक प्रसाद रेग्मी, आमा भगवती रेग्मी, काका भैरव रेग्मी र काकी गिता रेग्मीले सयुक्तरुपमा बिद्यालयलाई हस्तान्तरण गरेका छन । कुशल यस बिद्यालयका भुपू बिद्यार्थी तथा भुपू  शिक्षक हुन ।

बिद्यालयका प्रधानध्यापक प्रकाश रेग्मीले मन्दिर निर्माण भएकोमा खुशि व्यक्त गर्दै कुशलको प्रगतिको कामना गरेका छन । उनले आगामी दिनमा पनि कुशलबाट यसरी नै बिद्यालयप्रति माया र सहयोग प्राप्त हुने बिश्वास लिएको बताए ।

अमेरिकाबाट मेसेन्जरमा कुरा गर्दै कुशलले बिद्यालयसंग आफ्नो र आफ्नो परिवारको गह्रिरो सम्बन्ध रहेको बताए । उनले आगामी दिनमा पनि बिद्यालयको दुख शुखमा सारर्थि बन्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कुशलले यसअघि कोरोना महामारीको बेलामा पनि बिद्यालयलाई अत्यावश्यक स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएका थिए ।

बिद्यालय व्यवस्थापन समिती अध्यक्ष भरत रेग्मीको अध्यक्षमा भएको कार्यक्रममा वडा अध्यक्ष तुलसी रेग्मी, ईश्वर रेग्मी, भगवती रेग्मीलगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका सदस्य, अभिभावक, बिद्यार्थी र शिक्षकको उपस्थिती रहेको थियो ।
बिद्यालयमा आज भव्यरुपमा सरस्वती पूजा मनाइएको प्रधानध्यापक प्रकाश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस !