मकवानपुर ।  लागूऔषध कारोबारमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमायाँ खत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार, खत्रीको डेराबाट प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुल बरामद गरेको छ । पक्राउ परेका खत्रीमाथि आवश्यक अनुसन्धान गर्नाका साथै उक्त घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !