चितवन । नारायणगढमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा शव  फेला परेको हो ।

चितवन प्रहरीले शनिबार आफ्नो आधिकारीक फेसबुक पेजमा मृतकको फोटो सार्वजनिक गरि मृतकलाई चिन्ने आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

मागि खाई हिँड्ने अनुमानित ४५ वर्षका एक पुरुषको शव प्रहरीले फेला पारि शवको पोष्टमार्टमा लागि भरतपुर अस्पतालको शवगृहमा राखेको छ ।

घटनास्थल तथा शवको जाँच मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सकिएकाले उक्त हुलिया भएको व्यक्ति कोही कसैले चिनेमा निजको आफन्त वा प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको चितवन प्रहरी प्रवक्ता नरिहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !