काठमाण्डाै ।  नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरमा रहेको राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका दिनेश तामाङ, लमजुङ बेशीसहर नगरपालिकाका नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका यमबहादुर थापामगरलाई बिहीवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म कीर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !