गोरखा ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संगठन राष्ट्रिय युवासंघ नेपाल गोरखाले स्थानिय तह निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका छन ।

आज साँझ गोरखाको सदरमुकाम हरमटारीमा सरकारविरुद्ध नाराजुलुस गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन  गरेका हुन ।

उनिहरुले  स्थानिय तह निर्वाचनको मिति घोषणाको माग गर्दै राँके जुलुस समेत निकालेका थिए ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता, हिंसा भड्काउने मन्तव्य दिने मन्त्रीको बर्खास्तलगायत माग राख्दै प्रर्दशन गरेको अनेरास्ववियु गोरखाका सचिवालय सदस्य प्रताप ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस !