चितवन । चितवनमा सालको तयारी काठसहित गाडि र ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गाडि चालक रत्ननगर ४ बस्ने ३३ बर्षिया राजकुमार मर्दनिया, गाडिमा सवार राप्ती १० बस्ने २० बर्षिया योगेन्द्र चेपाङ र कालिका ११ बस्ने २१ बर्षिया रामलाल चेपाङ रहेका छन ।
ईलाका प्रहरी कार्यलय भण्डाराबाट खटिएको टोलिले राप्ती नगरपालिका ६ मा चेकजाँच गर्ने क्रममा हिजो (२० गते) बा.०३-००१ च १३७१ नम्बरको गाडिमा लुकाई छिपाई ल्याएको सालको तयारी काठ २९ क्युफिट सहित उनिहरु प्रकाउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कार्बाहिको लागि डिभिजन वन कार्यलय भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !