काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ ४ मै निर्वाचन गर्नुपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले देउवा सरकार सत्ता स्वार्थमा रहेको आरोप समेत लगाए। उनले भने,’ संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यान्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

उनले समयमै चुनाव गराउन पटकपटक सरकारलाई ध्यानाकर्षण गराएको बैठकमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !