चितवन ।  चितवनमा आज २ सय ६७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय चितवनको अनुसार ९ सय ५७ जनाको पिसिआर र एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा २ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये भरतपुरका १ सय ७५ जना, खैरहनीका १६ जना, माडीका १५ जना, रत्ननगरका ४३ जना, राप्तीका ७ जना, कालिकाका ६ जना र इच्छाकामनाका ३ जना रहेका छन । भने यो अवधिमा ७६ जना संक्रमण मुक्त भएका छन । यो संगै चितवनमा सक्रिय संक्रमितको संख्या ४२ सय ५० पुगेको छ । सो मध्ये ३८ जना अस्पतालमा र ४२ सय १२ जना होमआइशोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस !