काठमाडौं । कोरोना रोकथामका लागि जारी आदेशको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न यसअघि जारी गरेको आदेशको समीक्षा गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने तयारी भएको हो ।

समय भने निश्चित हुन बाँकी रहेको बताइएको छ । सीडीओहरूबीच कोरोना सङ्क्रण रोकथामका लागि थप कदमकाबारे अनौपचारिक छलफल भने चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !