काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । भने यो अवधिमा ५२९२ जना निको भएका छन । यो सगै सक्रिया संक्रमितको संख्या ९० हजार ५६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !