चितवन । पछिल्लो २४ घण्टामा चितवनमा २ सय ८२ जना कोरोना संक्रमित थपिएका छन । भने १ जनाको मृत्यु भएको छ । यो सगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३९ पुगेको छ । आज ७ सय ३० जनाको पिसिआर र एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गर्दा २ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ । संक्रमित हुनेमा भरतपुरका १ सय ६७ जना, खैरहनीका १८ जना, माडीका २८ जना, रत्ननगरका ४२ जना, राप्तीका १३ जना, कालिकाका ७ र इच्छाकामनाका ५ जना रहेका छन । भने यो अवधिमा १४६ जना निको भएका छन । यो सगै चितवनमा कुल सक्रिया संक्रमितको संख्या ३८ सय ९९ पुगेको छ । जसमध्ये ४२ जना अस्पताल र ३८ सय ५७ जना होमआइशोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस !