काठमाडौँ । लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आह्वानको सूचना जारी गरेका थिए ।

यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो । माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो

प्रतिक्रिया दिनुहोस !