काठमाडाैं । राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगत रुपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् । मधेस र वागमतीमा २/२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ जना निर्वाचित हुँदैछन् ।

निर्वाचन आयोगले विहान ९ देखि ३ बजेसम्म मतदान समय निर्धारण गरेबमोजिम सबै प्रदेशमा समयमै मतदान सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । मुलुकभरबाट ५३२ प्रदेशसभा सदस्य तथा स्थानीयत प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस !