चितवन । चितवनमा मंगलबार ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकामा मात्रै २ सय ३३ जना थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। त्यसबाहेक रत्ननगर नगरपालिकामा ४१ जना, माडी नगरपालिकामा २१ जना, खैरहनी नगरपालिकामा १३ जना, कालिका नगरपालिकामा सात जना, इच्छाकामना गाउँपालिकामा छ जना र राप्ती नगरपालिकामा पाँच जना संक्रमित थपिएका हुन्।
योसँगै चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि उकालो लाग्दै तीन हजार ६ सय १९ पुगेको छ। तीमध्ये ४० जना अस्पताल भर्ना भएर बसेका छन् भने तीन हजार ५ सय ७९ जना होम आइसोलेसनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा चितवनमा ३ सय २६ जना नयाँ संक्रमित थपिए पनि संक्रमणमुक्त हुनेको संख्या भने ज्यादै न्यून छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार मंगलबार चितवनबाट जम्मा ९७ जना मात्रै संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस !