चितवन ।  चितवनमा एकैदिन अहिलसम्म कै सबैभन्दा धेरै जनामा कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पिसिआर र एन्टिजेन्ट विधिबाट १२ सय ७१ जनाको कोरोना परिक्षण गर्दा ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुरमा ३ सय ८० जना, खैरहनीमा ४६ जना, माडिमा २३ जना, रत्ननगरमा ६३ जना, राप्तिमा ४२ जना, कालिकामा २० जना र इच्छाकामनामा ९ जना रहेका छन । भने ८१ जना निको भएका छन ।

हाल चितवनमा सक्रिया संक्रमितको संख्या ३३ सय ९० पुगेको छ । जसमध्ये ४१ जना अस्पतालमा र ३३ सय ४९ जना होमआइशोलेसनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस !