चितवन । आज सोमबारदेखि मालपोत कार्यालय चितवनका सेवाहरु स्थगित भएका छन् । सेवा प्रवाहको क्रममा मालपोत कार्यालयका कार्यलय प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित गर्नुपरेको मालपोत कार्यालय चितवनले जनाएको छ ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको मालपोत कार्यालय चितवनको भनाइ छ ।

मालपोत कार्यालय चितवनले जारी गरेको सूचनामा कार्यालयको आन्तरिक तथा प्रशासनक कार्यबाहेक कार्यालयका अन्य सेवाहरु माघ १६ गतेसम्म स्थगित गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !