चितवन ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पुल्चोक गोन्द्राङ सडक विस्तारको क्रममा खनिएको नालामा परेर पोथी गैँडा मरेको छ ।

जिल्ला वन कार्यालय चितवनले ८-१० वर्षका पोथी गैँडा बनाउँदै गरेको नालाको खोँचमा परेर मरेको जनाएको छ । वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले वनदेवी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गस्थित गोन्द्राङमा निर्माणाधीन नालामा परेर गैँडा मरेको बताए ।

उनले भने, ‘बस्ती छेउछाउमा हिँडिरहने, बाटो वारिपारि गरिरहने पोथी गैँडा अचानक नालामा परेको देखिन्छ, नालाबाट निस्कन नसक्दा गैँडा मरेको बुझिएको छ । अहिले गैँडा निकाल्ने काम भइरहेको छ ।’ उनका अनुसार सो क्षेत्र निकुञ्जअन्तर्गतको क्षेत्र पर्छ ।

प्रतिक्रिया दिनुहोस !