चितवन । “ममी ! हजुर छिटो घर आउनु न । बाबालाई सन्चो छैन ।” यो पुकारा हो कपिलवस्तु जिल्ला कुस्मा, बैरेनीकी ९ वर्षीया संजिता पोख्रेलले व्हाट्सअपमा बिलौना गर्दै कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी आफ्नी आमा हिरा पोख्रेललाई पोखेको अश्रुमय भाषा ।

यतिबेला ८ वर्षीया संजिता पोख्रेलकि ३० वर्षीय बुवा सन्दीप पोख्रेल अक्सिजनको सहारामा बिस्तारामा अधमरो जिन्दगी बाँचिरहेका छन् भने उनकी आमा हिरा पोख्रेल घरेलु कामदारको रूपमा बिगत अढाई बर्ष देखि श्रीमानकै उपचारको लागि आर्थिक जोहो मिलाउन भिषाबिहिन भएर बिदेश (कुवेत) मा बिताइरहेकी छिन् ।

भारतमा सामान्य मजदूरी गर्न गएका सन्दीप पोख्रेलमा क्षयरोग देखा परेपछी नेपाल फर्किएका उनलाई उपचार पछि ठिक भएको जस्तो भएपनि बैदेशिक रोजगारमा जाने सिलसिलामा मेडिकल चेकअप गर्दा निमोनियाले गाँजेको थाहा पाएपछि उनलाई त्यही रोगले ग्रस्त बनाउँदै लगेको र आफ्नी सन्दीप पोख्रेलकी ५० वर्षीया बृद्दा आमाले कुवेतमा कमाएको केही रकम र जायजेथा बेचेर आएको कुल रक्म मिलाएर सन्दीपको उपचारमा ९ लाखको हाराहारीमा खर्च गरेपनी निको हुन सकेन । त्यसपछी बिदेश बस्नुभएको सासुलाई नेपाल बोलाएर दुधे बालिका माइतमा छोडेर कुवेत गएकी हिरामायाले उनकै उपचारको लागि अझ सम्म कुवेतमा नै रहेकी छिन् ।

आफुले छोरीको स्याहार गर्नुपर्ने बेलामा ९ वर्षीया छोरीको स्याहारमा र अक्सिजनको सहारामा आज सम्म बाँचिरहनु परेकोमा मलाई कहिले सन्चो होला भनेर कोक्किएर रोए । भगवानले हाम्रो भाग्य र खुशीमा कुठाराघात गरेकोमा अति नै बिक्षिप्त बन्न पुगेका सन्दीपलाई अक्सिजन किन्ने पैसाको गर्जोले पनि सारै सकस पुर्याएको बताए । बुबाकै बिरामीको खर्च धान्न नसकेको आर्थिक निरिहताको चपेटामा परेर २ वर्ष सम्म बोर्डिङ स्कुलको फी तिर्न नसक्दा स्कुले यात्रा सन्जिताले स्कुल पढ्न जान छोडेको पनि धेरै नै भैसकेको रहेछ । पत्रकार मोहन बस्नेतले उजागर गर्नुभएको संजिता पोख्रेल र उनको अभिभावकहरुको कारुणिक अभिब्यक्ती हेरेर विभिन्न देशमा रहनुहुने सहयोगी ब्यक्तित्वले साँढे दुई लाख उपचारको लागि रकम पठाएको र सो रकम पत्रकार बस्नेतले हस्तान्तरण गर्नुभएको थियो ।

उनको शैक्षिक आर्जन गर्ने तिब्र भावना बुझेर हङकङमा रहेर ह्यान्डिक्राफ्ट ब्यवसाय गर्दै आउनुभएका अन्तर्राष्ट्रिय नेपाली युवा उधमी महासंघ (फिने) हङकङका अध्यक्ष तथा अन्तरराष्ट्रीय स्तरमा ह्यान्डिक्राफ्ट व्यवसायीको रूपमा परिचय बनाउन सफल आकाश बन्जाराले स्कुलको दुई बर्षको बक्यौता फी तिर्न ३० हजार नगद सहयोग गर्नुभएको छ भने हाललाई संजिता पोख्रेलको शैक्षिक अध्ययनको लागि १२ कक्षा सम्म आफुले पढाईदिने जिम्मा लिइसकेको जानकारी दिनुभयो ।

त्यसपछी पनि उनको शैक्षिक स्तर अझ राम्रो भएमा थप शिक्षा प्रदान गर्न पनि तत्पर रहेको शिक्षाप्रेमी तथा समाजसेवी बन्जाराले बताउनुभयो ।

केही हप्ता अघि मात्र शिक्षाप्रेमी आकाश बन्जाराले दमौली ब्यास नगरपालिकाकी मातृबिहिन ८ बर्षिया कृपा थापा र काठमान्डुकी सदिक्षा श्रेष्ठलाई कलेज स्तर सम्म पढाईदिने जिम्मा लिई सक्नु भएको छ । दमौलिकी कृपा थापा र काठमान्डुकी सदिक्षा श्रेष्ठलाई पनि बन्जाराले आफ्नै निजि लगानीमा १२ कक्षा सम्म पढाईदिने गरी आफुले जिम्मा लिइसक्नुभएको छ ।

यस अघि पनि समाजसेवी बन्जाराले ब्यक्तिगत रुपमा मानवसेवा आश्रम गोरखामा आश्रय लिएर शिक्षार्जन गरेका ६४ जना बाबुनानीहरुलाई जाडोबाट सुरक्षित रहन न्यानो कपडा, मानवसेवा आश्रम चितवनको लागि खाधान्न खरीदार्थ नगद सहयोग गर्दै आउनु भएको छ भने सडक पेटीबाट उद्दार गरिएका चितवन शाखा अन्तर्गत मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुलाई उपचार गराउन, सडक उद्दार गर्न एम्बुलेन्स खरीदार्थ एक लाख रुपैंया सहयोग गर्ने पनि बताउनु भयो ।

गामबेसिको  चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षा हासिल गरिरहेका बाबू नानीहरुलाई पनि समाजसेवी बन्जाराले २ हप्ता अगाडि ५० हजार रुपैया बराबरको खाध्यान सहयोग गर्नुभएको थियो । बन्जाराले सो सहयोग कालिका-६ निवासी समाजसेवी सुजन थापा मार्फत पठाउनु भएको थियो । सो केन्द्रमा बन्जाराले बिगत एक दशक देखि आर्थिक तथा भौतिक सहयोग दिंदै आउनु भएको छ भने मकवानपुर मनहरी स्थित ५ करोडको हाराहारीमा निर्मित आमा घरमा निर्मित पुस्तकालयको लागि पुस्तक खरीदार्थ पनि सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ  ।

हङकङका सफल ह्यान्डिक्राफ्ट ब्यवसायी बन्जारा कालिका दैनिकका निर्देशक, चेपाङ संरक्षण केन्द्रका सल्लाहकार, अन्तर्राष्ट्रिय युवा उधमी महासंघ (फिने) हङकङको वर्तमान अध्यक्ष, ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय कोषाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !