काठमाडौँ ।  सरकारले कोरोना भाइरसको परीक्षणको शुल्क समायोजन गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताए ।

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्ने सहप्रवक्ता अधिकारीले जानकारी दिए । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !