चितवन। पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा आजदेखि कोरोना भाइरसको स्वाब संकलन तथा पीसीआर परीक्षण सुरु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र अरु कसैले यतिकै चेक गराउन चाहेमा ७५० रुपैयाँ लिने निर्णय गरिएको डा.बगालेले बताउनुभयाे । । सरकारले कोरोना परीक्षणका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ ।बकुलहर रत्ननगर अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब संकलन गरेर परीक्षण गर्नसक्ने क्षमता ल्याबको रहेको डा. बगालेले बताउनुभयाे । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा.बगालेले बताउनुभयाे ।

चितवन जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा कोरोना परीक्षण हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !