चितवन । चितवनमा आज २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार भरतपुर महानगरपालिकाभित्र मात्रै २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। बाँकी २८ जनामा रत्ननगरमा १२ जना, राप्तीमा ५ जना, खैरहनीमा ५ जना, माडि १ जना  र कालिकामा ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ। भने ९ जना निको भएका छन ।

हाल चितवनमा सक्रिय संक्रमितको संख्यामात्रै १,१२७ पुगेको छ। तीमध्ये ४० जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी १,०८७ जना होम आइसोलेसनमा छन्। स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा पिसिआर र एन्टिजेट विधिबाट ८,६६ जनामा कोरोना परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !