
काठमाडौं । प्रदेश नम्बर २ को राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ ।