काठमाडौं ।  देशभर थप ४ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३ हजार ७ सय  ३ र एन्टिजेन विधिबाट ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यही अवधिमा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु पनि भएको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ । देशभर थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस !