चितवन । नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तीन नम्बर पुलबाट त्रिशूली नदीमा स्कार्पियो खस्दा सात जना घाइते भएका छन्। शुक्रबार बेलुकी ५ः ३० बजे नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा १३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँएको हो।

स्कार्पियो सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कार्पियोका चालकसहित सात जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !