काठमाडौं ।  पछिल्लो २४ घण्टामा  थप ३ हजार ५ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय  ७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २सय ९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २सय २५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३ सय ४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६सय १० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३ सय ४० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !