काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ जनाको पीसीआर गर्दा ४ सय ६३ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ३ सय १३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६सय ७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !