गोरखा । खानी तथा भूगर्भ विभागले गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !