निर्मल धिताल, चितवन । कालिका नगरपालिका- ३ मा रहेको श्री मातृभुमी कृषि तथा पशुपक्षी सहकारी संस्था लि. को प्रथम साधरण सभा सम्पन्न भएको छ ।

आज श्री बनकट्टा आधारभुत बिद्यालयको प्राङ्गणमा उक्त सहकारीको साधरण सभा सम्पन्न भएको हो । कालिका -४ का वडाअध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका सचिव सुकराम महत्तोले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । महत्तोले संस्थाको बार्षिक खर्च र आम्दानी रु ७४,०४,२६४ रहेको बताए। साथै संस्थाले पहिलो बर्षमै ५.६५ प्रतिशत मुनाफा बितरण गर्ने संस्थाको सचिव महत्तोले जानकारी दिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष हिरामणी पोखरेलले संस्थालाई अझै गतिशिल र उत्कृष्ट बनाउनका निम्ति सम्पुर्ण शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने समेत बताए। उक्त संस्थाको ४७० जना शेयर सदस्य छन । संस्थाले उत्कृष्ट शेयर सदस्यलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा सहकारी प्रशिक्षयालय बागमती प्रदेशका अधिकृत कृष्ण आचार्य, वरिष्ठ प्रशिक्षक नारायण प्रसाद भट्टराई लगायतको पनि उपस्तिथि रहेको थियो । संस्थाका अध्यक्ष हिरामणी पोखरेल अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मरियम तामाङले स्वागत मन्तव्य राखेका थिइन ।

प्रतिक्रिया दिनुहोस !